कोरोनाभाइरसको उपचारमा चाहिने सामग्रीको संसारभर अभाव हुन सक्ने डब्लुएचओको चेतावनी


प्रतिरक्षा मेडिकल सामग्रीको अभाव तथा मूल्य बृद्ध भएको बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल सामग्री उत्पादक तथा सरकारहरूको ध्यानाकर्षण गराएको छ।
डब्लुएचओले रक्षात्मक मेडिकल सामग्रीको उत्पादन कम्तिमा पनि ४० प्रतिशतले बढाउन भनेको छ।
चीनबाट सुरू भएर विश्वभर फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९) कारण मास्क, औषधी तथा अन्य उपकरणको अभाव हुनसक्ने डब्लुएचओले चेतावनी दिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस फैलिएपछि विश्वभर मास्कको मूल्य आकासिएको छ।
बजारमा भइरहेको नियमित उत्पादनले आपूर्ति धान्न छाडेपछि यसको मूल्य ६ गुणाले बढेको छ। त्यस्तै मेडिकल गाउनको मूल्य पनि दुई गुणाले बढेको छ।
संगठनको प्रक्षेपणअनुसार स्वास्थ्यकर्मीका लागि संसारभर प्रतिमहिना ८ करोड ९० लाख मास्क, ७ करोड ६० लाख पन्जा र १६ लाख चस्मा चाहिन्छन्।
अमेरिकी स्वास्थ्य निमायकले पनि विश्वभर औषधी तथा मेडिकल सामाग्रीको आपूर्ति प्रभावित हुनसक्ने बताएको छ। भारतले सामान्य औषधीको निर्यात सीमित पारेसँगै यसले विश्वव्यापी प्रभाव पार्नसक्ने उसले चेतावनी दिएको छ।
भारतले पेनकिलर,पारासिटामोल, पिल्स,कमन इन्टीबायोटिक्स,भिटामिनबी सँगै आठ वटा मेडिकल केमिकल निर्यातमा सीमित कोटा तोकेको छ।
SOURCE: SETOPATI

0 Comments