औषधी मन्त्र र मर्म


"Medicine is a safe poison"

औषधी एक सुरक्षित बिष हो ।
यो भनाइ तेतिकै भने आएको होइन । सहि औषधी सहि ढंग को प्रयोग ले मात्र रोग को निदान हुन्छ । यती जान्दा जान्दै पनि हामी मध्य धेरैले सानो सानो भुल्चुक गरेका हुन्छौ र पछी गएर त्यसको ठुलो मुल्य चुकाउनु पर्ने हुन सक्छ । हामी ले कस्तो कस्तो कुरा मा ध्यान दिनु पर्छ त ?

औषधी को विवरण
चिकित्सक ( डाक्टर ) ले लेखेको औषधी त Pharmacist ले दिएको औषधी ठीक छ वा छैन भन्ने कुरा सुनिस्चित गर्नु पर्छ । Prescription ( बिरामी पुर्जा )मा लेखेको औषधी र आफुले खान लागेको औषधी को जाच आँफै पनि गर्नु पर्छ ।
औषधी पसल वा Pharmacy मा त pharmacist ले औषधी को expiry डेट हेरेर दिन्छ तर हरेक बिरामी वा ग्रहक को expiry डेट हेरेर मात्रा औषधी सेवन गर्ने दायित्वो पनि हो ।
औषधी बारे ब्रिस्तितमा बुझेर मात्रा औषधी सेवन गर्नु होला , तेस्को लागि , डाक्टरको , Pharmacist को वा स्वास्थ्यकर्मीको परामर्श लिन कहिले पनि हिच्किचाउनु हुँदैन ।
औषधीको पूर्ण विवरण जस्तै खाना खाएर खाने वा खाना अगाडि खाने । यदी खाना अगाडि खाने भनेर भनिएको छ भने , आधा घण्टा अगाडि खानु पर्छ ।
कती चोटि औषधी खाने भन्ने कुरा मा पनि एकदम ध्यान दिनु पर्छ । साथै प्राय औषधीहरु पानी सँग सेवन गर्ने गरिन्छ तर कुनै औषधीहरु केही फल्फुलको रससँग पनि खाने हुन सक्छ वा दुध सँग खादा राम्रो वा नखान हुन सक्छ । यो सबै को विवरण डाक्टर वा pharmacist सँग परमर्श लिनु पर्छ । तर मदिरा को साथ भने कहिले पनि औषधी सेवन नगर्नु होला ।

हामी ले कहिले कहिले यस्तो पनि महसुस गरेका छौ कि , कोही कोही ले औषधी हरु भाचेर खान्छन , तर तेसो गर्नु धेरै जसो औषधी मा मिल्छ होला तर केही मा मिल्दैन , र जुन मा मिल्दैन त्यस्तो ले भयानक दुर्घटना निम्तिन सक्छ । बिशेष गरेर , XR, CR, ER वा SR लेखेको औषधीहरु मा बिशेष ध्यान दिनु पर्छ ।

औषधी को भन्डारण
औषधी को सहि रुप मा भन्डारण गर्नु पर्छ । घाम बाट टाढा , सुख्खा ठाउँ , काम तापक्रममा र बच्चा हरु को पहुच भन्दा टाढा हुनु आवस्यक हुन्छ । बिशेष गरेर Syrup-Suspension जस्ता झोल जन्य औषधी हरु कमिला हरु बाट टाढा नै भएको राम्रो ।
औषधी को प्रयोग
औषधी प्रयोग गर्नु पूर्व जहिले पनि , त्यसको मिती हेर्नु पर्छ र खाने बिधी अनुसार खानु पर्छ । झोल जन्य प्रय सबै औषधी हरु खानु पूर्व अलिकती हल्लाएर वा चलाएर , झोल को सम्पूर्ण घोल लाई एकनाश गराएर मात्रा सेवन गर्नु पर्छ ।
दमको बिरामीहरुले प्रयोग गर्ने , फुस्फुस ( Inhaler ) को धेरै मात्रा मा कमी देख्ने गरिन्छ तेसैले एस्ता औषधी हरु किन्ने बेला डाक्टर वा pharmacist बाट तालिम लिएर वा सिकेर मात्रा सेवन गर्नु लाभकारी हुन्छ ।
हामी ले केही बिरामीहरु र डाक्टर हरु Brand Specific भएको पाउन सकिन्छ । तर एस्ले गर्दा धेरै जस्तो ठाउँ मा बिरामी ले लेखिएको ब्रन्द जहाँ त्यही पाउन गाह्रो हुन्छ । एउटै chemical नाम को आर्को कम्पनीको औषधी सेवन गर्दा खासै केही फरक पर्दैन ।
Antibiotic को प्रयोग
Antibiotic को प्रयोग अबिबेकी ढंग बाट आफ्नो मनोमानी बाट प्रयोग कहिले पनि नगरौ । डाक्टरको सल्लाह बिना Antibiotic को प्रयोग नगर्नु नै आफ्नो लागि पनि र आगामी पुस्ताको लागि पनि हितकारी हुन्न्छ । सामान्य रोगको लागि Antibiotic खाने काम पनि आजबाट नै बन्द गरौ ।
यि र यस्ता बिभिन्न कुरा हरु लाई ध्यान मा राखेर मात्रा औषधी सेवन गर्न हामी सल्लाह दिन्छौ । औषधी लाई सहि रुप मा सहि ढंग मा सहि प्रयोग गर्‍यो भने मात्रा औषधी औषधी रहन्छ नत्र यो एउटा बिष हो ।

Phr. कविन मलेकू 
सर्वनिदान क्लिनिक 
रतोपुल , काठमाडौं 

0 Comments