घरमै बसेर उपचार गर्न सकिने यी औषधि र उपकरण



हरेक स्वास्थ्य समस्यामा चिकित्सककै सल्लाह अन्तिम हुने गर्छ तर, कतिपय यस्ता सामान्य समस्या हुन्छन्, जसको उपचार घरैबाट गर्न सकिन्छ यहाँ केही औषधि उपकरण सिफारिस गरिएका छन्, जसलाई नियमित रुपमा घरमा राख्न सके बिरामीको स्वास्थ्य तत्काल सुध्रनुका साथै तनाव समयको समेत बचत हुन्छ  
ज्वरो दुखाइ कम गर्ने औषधि
पारासिटामोल’, ‘आइबुप्रोफिनलगायत ज्वरो दुखाइमा प्रयोग हुने सामान्य औषधि, महिनावारीको दुखाइ कम गर्ने औषधि, जीवनजल लगायत सामान्य औषधि घरमा टुटाउनुहुन्न तर, यी औषधि अलि बढी परिमाणमा सेवन गर्नुपर्ने भएमा चिकित्सकको सल्लाह अनिवार्य मानिन्छ
ढाड दुखाइ लगायत मांसपेशीको समस्यामाहट ब्यागराख्नु उपयुक्त हुन्छ घाउचोट लगायत थुप्रै रोगमाआइस प्याकप्रयोगले धेरै मद्दत गर्छ
डिजिटल थर्मोमीटर
ज्वरोको मापनका लागि थर्मोमीटर आवश्यक पर्छ विगतमा मर्करीयुक्त थर्मोमीटर प्रचलनमा रहे पनि अहिले विश्व स्वास्थ्य संगठनले नै यसको प्रयोगमा बन्देज लगाएको , प्रयोगमा आएको , डिजिटल थर्माेमीटर ज्वरो आएको बेला अधिकतम तापक्रम रेकर्ड गर्न सकिए यसले रोग पहिचान व्यवस्थापनमा धेरै मद्दत गर्छ
ब्लड प्रेसर सेट
उच्च रक्तचाप वा न्यून रक्तचाप नेपाली घरपरिवारको परिचित समस्या हो स्वास्थ्यका लागि रक्तचाप ठीक हुनु अति आवश्यक तसर्थ यसलाई घरमै नाप्न मुख्यतः दुई उपकरण स्फिग्नोमानोमीटर स्टेथोस्कोप आवश्यक पर्छ यी दुई उपकरणको सहायताले रक्तचाप नाप्न स्वास्थ्यकर्मीसँग सिक्नुपर्छ तर, अहिले बजारमा डिजिटल ब्लड प्रेसर सेट पनि उपलब्ध , जुन प्रयोग गर्न विशेष सीप आवश्यक पर्दैन तर, यो उपकरणको विश्वसनीयतामा ढुक्क हुन तीन वा महीनामा स्वास्थ्यकर्मीबाट समेत उच्च रक्तचाप मापन गरी तुलनात्मक अध्ययन गर्न सकिन्छ
वेइङ स्केल
न्यून वा अधिक तौल शरीरका लागि राम्रो होइन तौल एक्कासि घट्नु वा बढ्नुमा पनि गम्भीर प्रकृतिका रोगका सङ्केत हुन सक्छन् क्षयरोग, क्यान्सर, हाइपरथाइरोइड लगायतमा तौल घट्न सक्छ भने, हाइपोथाइरोइड लगायतमा तौल बढ्न सक्छ तीन महीनाको अन्तरालमा विना कुनै प्रयास (व्यायाम वा खानपिन परिवर्तन) १० प्रतिशत भन्दा बढी तौलमा परिवर्तन आए, चिकित्सकीय परामर्श आवश्यक हुन्छ
तौल नाप्ने वेइङ स्केल मेसिनबाट नियमित रुपमा तौलबारे जानकारी लिन सकिन्छ गम्भीर प्रकृतिका रोगले विकराल रूप लिनु अगावै बच्न सकिन्छ बालबालिकामा उमेर अनुसार तौल उँचाइ दुवै नापिरहनु जरूरी हुन्छ यसका लागि घरमा उँचाइ नाप्ने आवश्यक टेप वा उपकरण राख्नु उत्तम हुन्छ
प्राथमिक उपचार किट
सामान्य औषधि बाहेक प्राथमिक उपचार किट घरमा हुनु आवश्यक साथै यसको प्रयोगका लागि कम्तिमा घरमा एकजनाले आवश्यक तालिम लिनुपर्छ यो किटमा घाउचोट लाग्दा प्रयोग हुने ब्यान्डेज, गज, कटन, एन्टिसेप्टिक (डेटोल) लगायत सामग्री राख्न जरुरी हुन्छ
ग्लुकोमीटर
विशेषतः मधुमेहका (प्रचलित भाषामा सुगर) का बिरामी भएको घरमा ग्लुकोमीटर राखी रगतमा सुगरको मात्रा जाँच्न सकिन्छ यसबाट डायबिटिजसँगै अन्य रोगको जोखिमबारे समेत सतर्कता अपनाउन सकिन्छ
अक्सिजन कन्सन्ट्रेटर नेबुलाइजर
घरमा दमका बिरामी भएमा अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिण्डर राख्दा राम्रो हुन्छ सिलिण्डरभन्दा कन्सन्ट्रेटर अलि महङ्गो विकल्प हो साथै नेबुलाइजर राख्न सके बिरामी घरमै गम्भीर भइहाले व्यवस्थापन गर्न सकिन्छ
हेल्थ रेकर्ड फाइल
आफ्नो परिवारको सम्पूर्ण स्वास्थ्य विवरणको अलगअलग फाइल बनाएर राख्न सके राम्रो मानिन्छ यसरी रेकर्डहरू राख्दा मिति अनुसार फाइलिङ गर्नुपर्छ यस्तो फाइलको रेकर्ड अनलाइन वा इलेक्ट्रोनिक माध्यममा राख्दा झनै सुरक्षित भरपर्दो हुन्छ
आपतकालीन सम्पर्क सूची
नजिकको एम्बुलेन्स, अस्पताल, वारूण यन्त्र, प्रहरी कार्यालय (१००), ब्लड ब्याङ्क तथा अन्य आवश्यक कार्यालय एवं स्थानको सम्पर्क फोन नम्बर सबैले देख्ने ठाउँमा सुरक्षित राख्नुपर्छ साथै, आफ्नो परिवारका सदस्यहरूको रक्त समूह पत्ता लगाई, सोही रक्त समूहका पाँचदेखि १० जनाको फोन नम्बर पनि सुरक्षित राख्नु बुद्धिमानी हुन्छ यी सम्पर्कहरूले सञ्जीवनीको काम गर्न सक्छ


डा. मुकुल ढकाल 
सर्वनिदान क्लिनिक 
रतोपुल , काठमाडौं 


0 Comments