कोरोना कहरका बीच 'पोषण'

कोरोना भाइरस एक नयाँ प्रजातीको भाइरस हो, जसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्मको समस्या गराउन सक्छ। कोरोना भाइरसको कुनै खास उपचार छैन र यसको लक्षणको आधारमा बिरामीको उपचार गरिन्छ।

हालसम्म विश्वभरीमा २०८ देशहरुमा कोरोना भाइरस संक्रमित देखिएका छन्। नेपालमा पनि नौ जना यसबाट संक्रमित छन्। विाभिन्न देशहरुले कोरोना भाइरस र यसको प्रभावबाट बच्न विभिन्न रणनीतिहरु निर्माण गरिरहेका छन्।
नेपालले पनि आफ्नै किसिमको रणनीति अपनाउदै आएको छ। सरकारका तर्फबाट नै चैत्र ११ गतेदेखि लागू हुने गरी विभिन्न खालका कदमहरु चालिएको छ। जसमध्ये लामो दूरीका यातायातहरु बन्द, हवाइ उडान बन्द, लकडाउन र आजको मितिसम्म पुग्दा एक स्थानीय तहबाट अर्को स्थानिय तहसम्म जान नपाउने रणनीतिमा नेपाल सरकारले पोषणको अवस्थालाई पनि हेर्न उत्तिकै जरुरी देखिन्छ।
पोषण भन्नाले कुनै पनि प्राणिले खानेकुरा खाने र त्यसको समुचित प्रयोग अर्थात निल्नु, पचाउनु र सोस्नु हो। मानिसको उचित शारिरीक र मानसिक विकासको लागि खाना अपरिहार्य हुन्छ। किनकी हामीलाई चाहिने पोषण हामीले खाने कुराहरुबाट प्राप्त हुन्छ। जसको लागि हामीले खानामा विविधिकरण गर्नु पर्दछ।
देशमा लकडाउन भइरहेको र यातायातका साधनहरु प्रयाप्त नचलेको अवस्थामा हामीले प्रयाप्त मात्रामा खाद्य सामाग्री पाउन नसक्ने अवस्था उत्पन्न भएको छ। त्यसैले आवश्यक खाद्य सामाग्री आफूसँग केही दिनलाई पुग्नेगरी राख्न सकिन्छ। नियमित आवश्यक सामाग्री बजारमा उपलब्ध नहुँदा पनि हाम्रो पोषण अवस्थालाई असर गरिरहेको हुन्छ।
किनेर राखिएका खाद्य सामाग्रीको प्रयोगगरी विभिन्न परिकारका खानाहरु बनाउन सक्छौँ। जसले गर्दा हाम्रो पकाउने क्षमताको विकास हुने गर्दछ र समयको सही सदुपयोग हुन्छ। सन्तुलित र उपयुक्त भोजन भएन भने हामीलाई झाडापखाला र अन्य रोगहरुले आक्रमण गरी स्वास्थ्य अवस्था खराब हुन्छ। त्यसले हामीसँग भएका  खाना सन्तुलित रुपमा खाने बानीको विकास गर्नु जरुरी देखिन्छ।
नेपाल आफैँमा विकासन्मुख मुलुक हो। केही प्रतिशत व्यक्त्तिहरु दैनिक आयमा आफ्नो जिविकोपार्जनको लागि निर्भर हुने गर्दछन्। त्यस्ता व्यक्त्तिहरुले आफ्नो दैनिक जिवनको लागि आवश्यक खाना खान पाइरहेका हुँदैनन। जसले गर्दा उनीहरुको परिवारको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ भने अर्कातर्फ अन्तरपुस्ता कुपोषणको चक्र दोहोरीने अवस्था पनि रहेको छ।
आफ्नो जिविकोपार्जनका लागि दैनिक कार्यमा निर्भर हुने व्यक्त्तिको लागि राहतका रुपमा खाद्यवस्तु वितरण गर्दा पनि पोषिलो खानेकुरा वितरण भएका छन्/छैनन् वा हुनु पर्ने कुरामा सम्बन्धित व्यक्तिको ध्यान र सोहीअनुसारको नीति/नियम निर्माण गर्नु पर्दछ।

अहिले क्वारेन्टाइनमा विदेशबाट भित्रिएकालाई राख्ने नयाँ खालको अभ्यास सुरु भएको अवस्थामा क्वारेन्टाइन संचालन तथा व्यवस्थापन निर्देशिकामा खाना र सोको समय तालिकाको पनि व्यवस्थापन गरिएको छ। हजार दिनको आमाको अवस्था विशेष अवस्था भएकोले र सो अवधि भित्र बच्चाको बौद्धिक विकास ८० प्रतिशत हुने हुँदा यस्ता विशेष अवस्थाकालाई विशेष प्रकारले हेरिनु आवश्यक देखिन्छ। त्यसअनुसारको व्यवस्था गर्न स्थानीय सरकारको दायित्व र भुमिका हुन जान्छ।
कोरोना संक्रमणको बेला अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले कतै बिस्कुट र कतै चाउचाउ खाँदै आफ्नो जिम्मेवारी निर्वाह गरेको कुराले स्तव्ध बनाउँछ। हामी हरेक कुरामा सचेत हुन्छौँ तर गुणस्तरीय र सन्तुलित भोजन जसले हाम्रो शारिरीर, मानसिक विकास र सन्तुलन राख्न महत्वपूर्ण भुमिका निर्वाह गर्दछ, त्यसमा नै सम्झौता गरिरहेका हुन्छौँ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पाँच प्रतिशतभन्दा तल यदि कुनै देशमा ख्याउटेपना छ भने त्यसलाई स्वीकार्यता मानिन्छ तर नेपालको जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार ख्याउटेपना १० प्रतिशत रहेको देखिन्छ। पुड्कोपना ३६ प्रतिशत छ। कमतौलको बच्चाको अवस्था २७ प्रतिशत छ। विश्व स्वास्थ्य संगठनले क्रमश पुड्कोपना २० प्रतिशत भन्दा कम र कमतौलको बच्चा १० प्रतिशत भन्दा कम रहेमा स्वीकार्य मान्दछ।
विश्व स्वास्थ्य संगठनको अनुसार रक्तअल्पताको दर पाँच प्रतिशतभन्दा कम भएमा स्वीकार्य मानिन्छ भने नेपालको अवस्था हेर्दा रक्तअल्पता भएका पाँच वर्ष मुनिका बालबालिका ५३ प्रतिशत रहेका छन भने ४६ प्रतिशत गर्भवती महिला रक्तअल्पताको समस्या भएको दखिन्छ। जुन एकदमै भयावह रहेको छ।
त्यस्तै हालको अवस्था हेर्दा नेपाल बहुसुचक सर्वेक्षण २०१४ ले २४ प्रतिशत बच्चा कम तौलको जन्मिएको देखाएको छ। आजको अवस्थालाई मध्यनजर गर्दा नेपाल सरकारले कोरोना नियन्त्रण र सर्ने दरमा कमी गर्ने कार्यक्रमको साथ साथै पोषण अवस्थाको अझ भयावह अवस्था नहोस् भनि सोच्नु जरुरी देखिन्छ।
प्रत्यक नागरिकले आफ्नो समयको सदुपयोग गर्दै घरायसी खाद्यान्न बारीको संरक्षण गरी पोषिलो खानाखानु पर्दछ। कार्यक्रम कार्यान्वयन र नीति निमार्ण तहमा पनि पोषणलाई प्राथमिकतामा राख्नु पर्दछ। तब मात्र कोरोना नियन्त्रणसँगै स्वस्थ नेपालको निमार्ण गर्न सकिन्छ।
(लेखक जन-स्वास्थ्यकर्मी हुन्।)
अब  घरमै, फ्रान्सको पोशन पुरक, अब नेपालमा !
एक महिनाको डोज , मात्र रु  २०००, डाक्टरहरुले सुझाब दिएको ब्रान्ड !


0 Comments