Pharmacy experince

 केही दिन अगाडि एक जना बिरामी आफ्नो श्रीमती सँग मेरो फार्मेसीमा आउनु भयो । उहाको अवाज लर्बराइरहेको थियो । पहिला पनि यस्तै हुँदा, नाक कान घटी को (ENT doctor) डाक्टर लाई देखाएर यो यो औषधी खाएको भनेर Prescription देखाउनु भयो ।

उहाको पुरानो ( करिब ६ महिना पुरानो ) prescription मा tonsillitis भनेर केही antibiotics र केही Antihistamines हरु थियो , मैले तेही अनुरुप औषधी दिन अली अफ्ट्यारो लाग्यो ।
सबै कुर चित्त बुझ्द बुझ्दै पनि मैले उहालाई एक चोटि Blood Pressure लिन आग्रह गरे र मेरो क्लिनिक को नर्सले Blood Pressure लिनु भयो । उहाको Pressure करिब् 240/160mm Hg देखियो ।
उहा लाई तुरुन्तै सल्लहा दिएर अस्पातल जान अनुरोध गरे । र सबै कुर खुलाएर लेटर हेडमा लेखेर पठाये ।
केही दिन्पछी उहा को एक परिवारको सदश्यले धन्यवाद दिन आउनु भयो , किन भने अस्पातल ले उहा लाई समय मै उपचार पायो नत्र अनर्थ हुन सक्ने थियो भन्नु भएछ ।
खुशीले आनन्दित छु ।
र सोच्न थाले , मेरो ठाउँ मा यदी कोही फार्मेसी तालिम बिहिन व्यक्ती भएको भये , एउटा ज्यान बच्चाउन गाह्रो हुन्थ्यो होला ।


0 Comments