Treatment in Backpain

 ढाड दुख्ने समस्या छ? निको पार्न यसो गर्नुस्

अमेरिकामा भएको एक अध्ययनअनुसार अस्पताल भर्ना हुनेमध्ये ५६ प्रतिशत मानिस ढाड दुख्ने समस्याबाट पीडित छन्। ‘द ट्रुथ अबाउट ब्याक पेन’ पुस्तकका सहलेखक तथा वैज्ञानिक टड सिनेटका अनुसार ढाड दुख्ने समस्याका लागि खराब बानीहरु जिम्मेवार छन्। यसका लागि दैनिक गतिविधिप्रति सतर्क र सचेत रहनु जरुरी छ।
उठ्दाको तुलनामा लगातार बस्दा स्पाइनको हड्डीमा धेरै दबाब पर्छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ। विशेषज्ञको तुलनामा यो तरिकाले तुलनात्मक रुपमा ४० प्रतिशतसम्म दबाब पार्छ। यसकारण लामोसमयसम्म एकै स्थानमा बस्नुपर्नेहरुलाई बेला–बेलामा उठेर टहलिन सल्लाह दिइन्छ।
कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ। यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ।
के गर्ने त ?
अफिसको काममा समय समयमा ब्रेक लिनु जरुरी छ। फोन कुरा गरिरहँदा र आफनो सहकर्मीसंग कुरा गरेको समयमा कुर्सीमा थोरै सुतेको मुद्रामा बस्नुपर्छ। तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ,जसले पिठ्यु र कम्मरलाई सपोर्ट देओस्। यस्तो बेलामा टाउको भने सिधा गर्नुपर्छ। पानी ल्याउने जस्ता काम आफैं गर्नुपर्छ।
कुर्सीको सही चयन
कुर्सीमा आरामसंग बस्ने बानीले इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ। साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ।
टेक्साब ब्याक इन्सिच्युटका चिरोप्याक्टिक डिभिजनका निर्देशक डेरेन डब्ल्यु मार्लोका अनुसार कार चलाउँदासमेत बस्ने तरिका सही हुनुपर्छ। त्यसैले स्टेयरिङ ह्वीलमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ।
नियमित जिम जानुस्
सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ। एक अनुसन्धानअनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो। चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ। जसले मांसपेशी खुम्चने समस्या हटाउँछ।
यस्तो अवस्थाले हिप्स र घुँडाको पछाडीको मांसपेशीको स्ट्रेचिङका लागि फाइदा पुग्छ र मांसपेशीको थकान पनि कम हुन्छ।
योग गर्नुपर्छ
मांसपेशी खुम्चने, रक्तनलीमा रक्तसञ्चार कम हुने र तनावका समस्या कम गर्न योग निकै लाभदायी हुन्छ। युनिभर्सिटी अफ वाशिङगटनका अनुसन्धानकर्ताका अनुसार ढाडको तल्लो भागको दुखाई आधुनिक तरिकाको तुलनामा योगबाट चाँडै निको हुन्छ। करिब १ सय १ जना बिरामीमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका थिए। यसका लागि तालिमप्राप्त योग गुरुलाई सम्पर्क गर्न सकिन्छ।
धेरै टीभी हेर्नु पनि एउटा कारण
दैनिक धेरै समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या निम्तन सक्छ। एक अध्ययनअनुसार जो मानिस टीभी या कम्प्युटरअगाडि एक हप्तामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी पीडित हुन्छन्।
तनाव हटाउनुपर्छ
मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ। डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो। अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ।
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
🏥🏨Sarwanidan Clinic
☎️ 01-4489278
🖲 Ratopul, Kathmandu
Email📧: sarwanidanclinic@gmail.com
👨‍⚕️👩‍🔬🧰🩺.We provide Treatment only by Nepal Health professionals Council certified and Experienced Physiotherapist 👨‍⚕️👩‍🔬🧰🩺.

#Backpain



0 Comments